सरकारले तोक्यो कफीको न्यूनतम समर्थन मूल्य,  प्रतिकिलो कति ? 

काठमाडौँ - सरकारले कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ । १९औं राष्ट्रिय कफी दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंसिर १ गतेदेखि लागू हुने गरी मूल्य तोकेको हो ।

चालु आर्थिक वर्ष २०८०र०८१ मा कृषकस्तरमा उत्पादित काँचो कफीको न्यूनतम सहमत मूल्य तोकिएको बोर्डले जनाएको छ ।

बोर्डले कफीको समर्थन मूल्य प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ५०० रुपैयाँसम्म तोकेको छ। कृषकबाट उत्पादित पाकेको ताजा चेरी कफीको न्यूनतम समर्थथन मूल्य ‘ए’ ग्रेडको कफीको मूल्य प्रतिकिलो १०० रुपैयाँ तोकेको छ भने ताजा चेरी कफी ‘बी’ ग्रेडको ९० रुपैयाँ तोकेको छ ।

यस्तै, चिसो प्रसोधन विधिअन्तर्गत प्रसोधन गरी तयार गरिएको ११ प्रतिशत चिस्यान भएको पार्चमेन्ट कफी ग्रेड ‘ए’ को मूल्य प्रतिकिलो ५०० रुपैयाँ तोकिएको छ भने ‘बी’ ग्रेडको कफीको मूल्य प्रतिकिलो ४५० रुपैयाँ तोकिएको छ ।

यस्तै, चिसो प्रसोधन विधिबाट प्रसोधन नगरी कफी चेरीलाई घाम वा कुनै माध्यमबाट सुकाएर ११ प्रतिशत चिस्यान भएको ड्राइ चेरी कफीको न्यूनतम समर्थन मूल्य ‘ए’ ग्रेडको प्रतिकिलो २०० रुपैयाँ र ‘बी’ ग्रेडको १५० रुपैयाँ तोकिएको छ ।