अनु चौधरी र न्युसन राईले स्वरमा ’भूईँ सोरी’ सार्वजनिक

काठमाडौँ - गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेलि लोकभाकामा आधारित’भूईँ सोरी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन् । शान्तिराम राई को संगीत तथा देवेश राईको संगीत संयोजन गीतमा रहेको छ। प्रेमील मायालु जोडिवीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । याक्खा जातिहरुको पहिचान र कला र संस्कृतिलाई गीतमा उत्कृष्ट ढंगबाट देखाईएको छ ।

सुजन श्रेष्ठको छायाँकनतथा कृष्ण लिंखा याक्खाको निर्देशन भिडियोमा रहेको छ । ’भूईँ सोरी’ गीतको भिडियोमा विमला लिम्बु र जान रानाको अभिनय रहेको छ।