अनु शाहलाई एकैदिन दुई फरक साहित्य सम्मान

काठमाडौँ - अमेरिकाको बोस्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवि, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाह एकैदिन दुई फरक कार्यक्रममा “साहित्य सम्मान(२०८०” बाट सम्मानित भएकी छिन् । 

डायस्पोरामा रहेर पनि नेपाली कला साहित्य गीत संगीत तथा चलचित्रको उत्थानको लागि विशेष योगदान पुर्याएको उच्च मूल्यांकन गर्दै उनलाई फरक फरक कार्यक्रममा एकैदिन दुई सम्मान गरिएको थियो । 


पावर इनटरनेशनल मिडिया नेपाल पीम नेपालको चौथो वर्ष पुरा गरि पाँचौ वर्ष प्रवेश गरेको उपलक्ष्यमा पीम नेपाल ‘साहित्य सम्मान(२०८०’ प्रदान गरिएको थियो भने त्यसैगरी म्युजिक खबर पाक्षिकको ७ औं वार्षिकोत्सव एवं स्रष्टा सम्मान कार्यक्रमको अवसरमा म्युजिक खबर साहित्य सम्मान(२०८० मार्फत सम्मानित गरिएको छ।

अनु शाह नेपाली गीतसंगीत र साहित्यकी धरोहर हुन् । विद्यालय जीवन देखिनै राष्ट्रिय नाँचघरमा नाटक प्रस्तुत गर्ने, रेडियो नेपाल र रङ्गमञ्चमा अभिनय गर्न सुरु गरेकी शाह कुनै समय एक कुशल मोडल र पत्रकारको रुपमा समेत देखापरेकी थिइन् । उनले अमेरिकाको नर्थ ईस्टर्न विश्वविद्यालयबाट बालमनोविज्ञानमा स्नातकोत्तर गरेकी छिन् ।