कालीमाटीमा कन्य च्याउ १४०, कुरीलो २५०, लोकल गोलभेँडा १७ रुपैयाँ, कुन तरकारीको मूल्य कति ?

काठमाण्डौँ - काठमाडौंमा तपाई तरकारी तथा फलफूल किन्दै हुनुहुन्छ भने हिजो मंगलबारको मूल्य भन्दा आज बुधबार गोलभेडा ठूलो नेपाली ८ प्रतिशतले बढेर केजीको १२५ रुपैयाँ पुगेको छ ।  यस्तैगरी सानो लोकल भने मूल्य २५ रुपैयाँ प्रतिकेजी बाट घटेर १७.५०  पुगेको छ । यस्तैगरी गोलभेडा सानो टनेल ३९ रुपैयाँबाट घटेर २९.० पैसा भएको छ । ठूलो गोलभेँडा बाहेक अन्य गोलभेँडाको मूल्य घटेको देखिन्छ । 

यस्तैगरी आलु रातो ६९.२० रुपैयाँ, आलु रातो भारतीय ५९ रुपैयाँबाट घटेर ५७ रुपैयाँ रहेको छ । आलु रातो मुडे ५१ रुपैयाँ रहेको छ । 
प्याज सुकेको भारतीय न्यूनतम ९० रुपैयाँ,  बन्दा लोकल ४०, काउली स्थानिय ६०, ज्यापु काउली ८०, भन्टा लाम्चो ८०, डल्लो भन्टा ९०  रुपैयाँ रहेको छ । यस्तैगरी  तनेबोडी ११०, मकै बोडी १०० रुपैयाँ, घिउ सिमी राजमा, भटमासकोशा १३० रुपैयाँ रहेको छ । तितो करेला १०० रुपैयाँ केजी, लौका  पनि १०० रुपैयाँ  नै पर्दछ ।  

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको विवरण अनुसार यी तरकारीको न्युनतम मूल्य हुन् ।  खुद्रा बजारमा आउँदा तरकारीको मूल्यमा केही फेरबदल हुन्छ ।  यस्तैगरी चिचिण्डो ६०, घिरौला १०० रुपैयाँ फर्सी पाकेको ५०, भिण्डी १२० रुपैयाँ, पिंडालू १००, च्याउकन्य  १४०, डल्ले ३३०, कुरीलो, २५०, ब्रोकाउली १२० रुपैयाँ रहेको छ ।