ओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

 काठमाडौँ - ओमान नजिकैको समुद्रमा एक तेल ट्याङ्कर जहाज पल्टिँदा चालक दलका १६ सदस्य बेपत्ता भएका छन् । अफ्रिकी देश कोमोरोसको झण्डा लगाइएको ‘प्रेस्टिज फाल्कन’ नामको उक्त जहाज यही जुलाई १५ मा दुर्घटना भएको ओमानको सामुद्रिक सुरक्षा केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएको हो ।

सामुद्रिक सुरक्षा केन्द्रका अनुसार जहाज डुबेको जानकारी प्राप्त हुना साथ खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो । बेपत्ता चालक दलका १६ सदस्यमध्ये १३ भारतीय नागरिक र ३ जना श्रीलंकाली छन् ।