चिनियाँ राजदूत र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेट

काठमाडौँ । नेपालका निम्ति चिनियाँ राजदूत छन् सोङले नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । भेटको क्रममा चिनियाँ राजदूतले परराष्ट्रमन्त्री भएकामा राणालाई बधाई दिएका छन् ।

भेटवार्तापछि चिनियाँ राजदूतले सामाजिक सञ्जाल एक्समा आगामी वर्ष नेपाल–चीनबीचको दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाउन हामी बहुआयामिक सम्बन्ध र सहयोग अभिवृद्धि गर्न सहमत भएको बताएका छन् ।