भारतमा रेल दुर्घटना हुँदा पाँचजनाको मृत्यु, २५ घाइते

एजेन्सी ।  भारतमा एक यात्रुबाहक रेल मालबाहक रेलसँग ठोक्किँदा पाँचजनाको मृत्यु भएका छन् । आज बिहान ठोक्किँदा अन्य २५ जना घाइते भएका छन् । 

आसामबाट कोलकाताका लागि गुडेको कन्चनजंघा एक्सप्रेस रेल दार्जिलिङको पश्चिम बंगालमा कार्गो रेलसँग ठक्कर खाएको थियो ।

कार्गो रेलले पछाडिबाट एक्सप्रेस रेललाई रंगपानी स्टेसन नजिक ठक्कर दिएको जनाइएको छ । ठक्करका कारण एक्सप्रेस रेलका दुई डिब्बा लिक बाहिर पुगेको जनाइएको छ ।