अरुको टिकाटिप्पणी गर्ने होइन, काम गरेर देखाउने बेला आएको छ : सुहाङ नेम्वाङ

काठमाडौँ । इलाम–२ का लागि नेकपा (एमाले) का उमेदवार सुहाङ नेम्वाङले कसैको टिकाटिप्पणी गर्नेभन्दा पनि काम गरेर देखाउने बेला आएको बताएका छन् ।

बुधबार इलाममा आयोजित चुनावीसभामा उनले नयाँ ढंगले अघि बढ्ने बेला आएको बताए । “कसैको दुस्प्रचार गरेर आफूलाई राम्रो बनाउने कुरामा कदापी राम्रो ठान्दिन । नयाँ ढंगले अघि बढ्नुपर्छ भन्ने लाग्छ । कसैलाई होचो नदेखाएर हामीले काम गरेर देखाउने बेला भएको छ,” उनले भने ।

नेम्वाङले राजनीतिमा आफू नयाँ हुँदाहुँदै पनि उमेदवार बनाएको भन्दै पार्टी नेतृत्वलाई धन्यवाद दिए । “राजनीतिमा नयाँ हुँदाहुँदै पनि मलाई अभिभावकहरूले जुन तरिकाले विश्वास गर्नुभयो । जुन तरिकाको जिम्मेवारी दिनुभयो धन्यवाद भन्न चाहन्छु,” उनले भने, “तपाईंहरूको मायालाई शीरमा राखेर हिँडेको छु ।”

उनले दिवंगत आफ्ना बुबा सुवास नेम्वाङलाई सम्झिए । “भावुक भने पक्कै बनाएको छ । तपार्हरूले लगाइदिएको मालामा खुसी देखिएको छ । सँगसँगै तपाईंको आसु देखिएको छ,” उनले भने ।

उनले आफ्ना बाबुको असल गुणलाई लिएर अपूर्ण काम पूरा गर्ने प्रतिबद्धता जनाए । बाबुले हित हुने गरेर इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाए । जिल्लाको विकासका सन्दर्भमा प्राथमिकतालाई आत्मसाथ गरेर अघि बढ्ने उनको भनाइ छ ।