सुहाङको चुनावी कमाण्डर ओली, आज देउमाइमा सभा

काठमाडौँ ।  नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनलाई लक्षित गरी आज चुनावी सभा आयोजना गरेको छ।

सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्।

देउमाई नगरपालिकाको मंगलबारे बजारमा हुने चुनावी सभालाई अध्यक्ष ओलीसहित उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव योगेश भट्टराई र कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठलगायत केन्द्रीय, प्रदेश कमिटीका पदाधिकारीले सम्बोधन गर्ने एमालेले जनाएको छ। 

एमालेले उठाएका सुहाङ नेम्वाङलाई नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी र नेपाल परिवार दलले समर्थन गरेका छन्।