आजको शेयर बजार : नेप्से २३.६४ अंकले घट्यो, ९२ करोड कारोबार !


काठमाडौँ - अाज सेयर बजार घटेको छ । नेप्से परिसूचक २३.६४ अंकले घटेर १९०८.०४ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७८ अङ्कले घटेर ३६२.९६ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।