सिंहदरबारको फोहाेर उठाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

 

काठमाडौँ - सर्वोच्च अदालतमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहर उठाउन माग गर्दै रिट निवेदन दायर गरिएको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ आज अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा रिट निवेदनमा उक्त माग गरिएको छ।