रवि लामिछानेका चालक तीन तलामाथिबाट खसे, अवस्था गम्भीर 

 
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक चितवनस्थित एक घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक घर भएका उनी बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । लामिछानेका चालकको घर सिन्धुपाल्चोकको बाह्रबिसे भएको प्रहरीले जनाएको छ ।

३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा तीन तलामाथिबाट खसेका हुन् ।