गर्मीमा खुट्टा गन्हाउने समस्याबाट कसरी  बच्ने ? 

काठमाडौं - गर्मी महिना सुरु भएसँगै अधिकाशं मानिसको समस्या भनेकै खुट्टा गन्हाउँनु हो । जुत्ता मोजा भित्र कस्सिएर बस्ने भएकोले खुट्टा गन्हाउनु स्वभाविक हो । सायद तपाईको पनि खुट्टा गन्हाउँछ होला ? 

तपाईले सोचिरहनु भएको होला पसिनाको कारणले गर्दा खुट्टा गन्हाउँने गर्छ भनेर , तर पसिनाको कारणले नभएर खुट्टाको छालामा भएका ब्याक्टेरियाहरुले त्यहाँबाट निस्केको पसिनालाई पचाएपछि विर्सजन गरेर ग्याँसपदार्थ निस्कछ त्यो पदार्थको कारण खुट्टाबाट दुर्गन्ध निस्कन्छ ।

खुट्टाबाट आउने नराम्रो खालको दुर्गन्धलाई हटाउनको लागी नुनपानीमा खुट्टा डुभाउने गर्नु पर्दछ । नुनपानीमा खुट्टा डुभाउने गर्नाले ब्याक्टेरियाहरु धेरै समयको लागी बाँच्न सक्दैन र खुट्टाबाट निस्कने गन्ध सधैको लागी हराएर जान्छ । एक हत्ता सम्म करिब २० मिनेट जति भिजाउने गर्नाले खुट्टा गन्हाउने समस्याबाट सधैको लागी छुटकारा पाउन सकिन्छ । सूतिको मोजा प्रयोग गर्नुहोस्  वा नुहाइसकेपछि खुट्टा धोएर ओभानो पारी पुछ्नु पर्छ । केहिबेर घाममा सुकाएर मोजा, जुत्ता लगाउनुपर्छ । सफा जुत्ता तथा सफा मोजा लगाउने गर्नुहोस् । यदि यसो गर्दाप्नि खुुट्टाबाट दुर्गन्ध आउने समस्या नहटेमा छाला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।