सांसद मञ्‍जु शर्माको निधनप्रति शोक प्रस्ताव पारित, प्रतिनिधिसभाको बैठक  स्थगित ​  

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधनमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले सांसद अन्सारीको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको हो। बैठकले स्वर्गीय अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ।

सांसद शर्मा २०७९ सालको निर्वाचन समानपातिकतर्फको निर्वाचनबाट जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसदको रुपमा निर्वाचित भएकी थिइन्।

२०४६ सालको जनआन्दोलनको क्रममा राजनीतिक यात्रा शुरु गरेकी ६० वर्षीया उनको चैत्र ४ गते (आज बिहान) काठमाडौँको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

प्रतिनिधि सभाको अर्को बैठक चैत्र ५ गते (भोलि) बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।