यस्तो छ आजको विदेशी मुद्राको विनियमदर, कुन देशको कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा निर्धारण भएको छ।

त्यसैगरी, युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ।

त्यस्तै, बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६४ पैसा निर्धारण हुँदा बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५३ रुपैयाँ १५ पैसा निर्धारण भएको छ।

अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ।

कुन देशको कति ?