यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं - नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६६ पैसामा कारोबार भइरहेको छ।

युरोपियन युरो आज एकको खरिद मूल्य १४१ रूपैयाँ ४० पैसा र बिक्रीदर १४२ रूपैयाँ ०४ पैसा, बेलायती पाउण्डको खरिददर १५९ रूपैयाँ २१ पैसा र बिक्रीदर १५९ रूपैयाँ ९३ पैसा तोकिएको छ।

यस्तै,अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रूपैयाँ ३४ पैसा र बिक्रीदर ९१ रूपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रूपैयाँ १३ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३७ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीदर भने ३६ रूपैयाँ १२ पैसा छ।

मलेसियन रिंगिट एकको खरिदमा २९ रूपैयाँ ९९ पैसा र बिक्रिदर ३० रूपैयाँ १२ पैसा छ।