कमेडी च्याम्पियन सिजन ३ फागुन देखि प्रसारण हुने

काठमाडौँ । चर्चित रियालिटी शो कमेडी च्याम्पियन  सिजन ३ फागुन ३ गतेबाट प्रसारण हुने भएको छ । शो हरेक हप्ता बिहीबार र शुक्रबार राति ९ देखि साढे १० बजेसम्म कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने भएको छ ।

‘कमेडी च्याम्पियन सिजन–३’का लागि डिजिटल अडिसनमा करिब दुई हजारले सहभागिता जनाएका थिए । त्यसबाट सात सय छनोट गरिएको थियो  । त्यसपछि सात सयबाट १३२ जनालाई प्रि–जजिङका लागि बोलाइएको थियो ।

‘कमेडी च्याम्पियन सिजन–३’मा नयाँ प्रतियोगिलाई ट्रेन्ड गर्ने काम क्रिएटिभ टिमले गरिरहेको छ । क्रिएटिभ टिममा पुजन अधिकारी, आदर्श मिश्र, सुशान्त बस्याल, पवन भट्टराई र प्रभात लामा छन् । 

शोजको निर्देशन विशाल भण्डारीले गर्नेछन् । होस्ट रीमा विश्वकर्मा र मेक्सम गौंडेल रहनेछन् । शोको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् ।