नेपाली फिल्मको विकासका लागि विदेशी लगानी भित्र्याउनु  पर्छ : अध्यक्ष केसी

काठमाडौँ । नेपाली चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्म क्षेत्रको विकासका लागि विदेशी लगानी आवश्यक रहेको बताएका छन् ।  सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) को घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपाली फिल्म निर्माण गर्न विदेशी लगानी भयो भने मात्रै अन्तराष्ट्रिय स्तरको फिल्मसँग भिड्न सक्ने फिल्म निर्माण गर्न सक्ने उनको धारण रहेको छ ।  उनले भने, ‘विदेशी लगानी यहाँ ल्याउने प्रावधान छैन । त्यसको लागि पहल गरिरहेका छौँ । शतप्रतिशत लगानी गर्न नपाए पनि ४९ प्रतिशत लगानी गर्नसक्ने व्यवस्थाका लागि पहल हुन्छ ।’

कार्यक्रममा अभिनेता प्रदीप खड्का, नीर शाह लगायतले नीफ महोत्सवको महत्वको र नेपाली फिल्मी बजारको विषयमा धारणा राखेका थिए । नीफमा यो पटक ४० देशका ८८ फिल्म देखाइनेछ ।