पल शाहविरुद्धको बलात्कार मुद्दा फेरि व्यूँतियो !

काठमाडौँ - सर्वोच्च अदालतले अभिनेता पल शाहविरुद्धको जबरजस्ती करणी मुद्दा दोहोर्‍याइ हेर्न अनुमति दिएको छ ।
जिल्ला अदालत, नवलपुरले गरेको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, पोखराले शाहलाई सबै अभियोगबाट सफाइ दिएको थियो ।

नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । शाहले उक्त फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालतले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गर्द अभियोगबाट सफाइ दिएको थियो ।

अभिनेता शाहलाई सफाइ दिने उच्चको फैसला त्रुटि रहेको भन्दै सरकारले मुद्दा दोहोर्‍याइ हेर्न दिएको निवेदनमा सर्वोच्चले अनुमति दिएको हो । मंसिरि २२ गते न्यायाधीश सुष्मलाता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले उच्च अदालतबाट भएको फैसलामा कानुनको अपव्याख्या र नजिर विपरीत रहेको ठहर गरेको छ । मुद्दामा प्रमाणहरूको यथोचित मूल्यांकन नभएको ठहर सर्वोच्चको छ ।