आजको विदेशी मुद्राको विनिमय दर कति छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले शनिबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, आज एक डलरको विनिमय दर खरिद दर १३२.५१ र बिक्री दर १३३.११ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २४ पैसा र बिक्री दर १४५ रुपैयाँ ९० पैसा कायम गरिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १९ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८९.०६ रुपैयाँ र बिक्री दर ८९.२९ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ २२ पैसा र बिक्री दर १० रूपैयाँ २६ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।