अब महिला कर्मचारीलाई महिनावारी बिदा दिईने 

 बुटवल - लुम्बिनी प्रदेश सरकार मातहत कार्यरत महिला कर्मचारीहरूलाई प्रदेश सरकारले महिनावारी बिदा दिने व्यवस्था गरेको छ । हालै सरकारले जारी गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो । 

प्रदेश सरकारले यो व्यवस्था नियमावली बनाएपछि मात्र पूर्णरूपमा लागू हुनेछ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी उपसचिव भविश्वर घिमिरेका अनुसार लुम्बिनी प्रदेश सरकारअन्तर्गत महिला पुरुष गरी करिब ४ हजार ५ सय जना कर्मचारीहरू कार्यरत छन्। महिनावारी भएको बेला महिनामा कति दिन बिदा दिने भन्ने नियमावली तयार भइसकेपछि टुंगो लाग्ने घिमिरेले बताए । नियमावली तयार पार्नका लागि प्रदेश सचिव सुमख घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको छ ।