आजदेखि छठपर्व विधिवत रुपमा सुरु

 गौशाला - आस्थाको महापर्व छठ आजदेखि विधिवत रुपमा सुरु भएको छ । छठपर्व गर्ने व्रतालुले आज पहिलोदिन माछ मरुवा बार्ने अर्थात माछा, कोदोलगायतका बिटुलो मानिने खाना नखाइ चोखो खाने गर्छन् ।

उनीहरु खानामा माछा मासु, कोदो, उसिनेको चामल, मुसुरो र तामसी तथा राजसी भोजन परित्याग गर्ने गर्दछ । जसलाई स्थानीय भाषामा माछ मरुवा बार्ने दिन तथा ‘अरबा९अरबाइन’ खाने दिन पनि भन्ने गरिन्छ । प्रकृतिको पूजा हुने यस पर्व मनाउने क्रममा हरेक वस्तु अनिवार्य रुपमा शुद्ध हुनुपर्ने धार्मिक नियम रहेको छ ।

छठपर्वको दोस्रो दिन शुक्रबार व्रतालु नहाय खाय विधी गर्छन् । तेश्रो दिन शनिबार खरना मनाइन्छ। यस दिनको साँझमा घरमा प्रसादको रुपमा तयार पारिएको चामल, सक्खर र दूध मिलाएर बनाएको खिर छठी माईलाई चढाएर प्रसाद स्वरुप घरपरिवारले ग्रहण ग्रहण गरिन्छ ।