परराष्ट्रमन्त्री आरजु र भारतीय राजदूतबीच भेट

 काठमाडौँ - परराष्ट्रमन्त्री आरजु राणा देउवा र  भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । मन्त्री देउवासँग शिष्टाचार भेटघाटका लागि श्रीवास्तव मंगलबार परराष्ट्र मन्त्रालय पुगेका हुन् । 

उनीहरूबीच विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । नेपाल–भारतबीच सम्बन्ध र सहकार्यबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रीमा देउवा नियुक्त भएपछि भारतीय समकक्षी एस जयशंकरले पनि ट्विटमार्फत बधाई तथा शुभकामना दिएका थिए ।