‘ज्येष्ठ नागरिक’ विमोचन

काठमाडौँ - ज्येष्ठ नागरिकबारे जनस्तरमा सकारात्मक चेतना फैलाउने उद्देश्यसहित तयार पारिएको गीत ‘ज्येष्ठ नागरिक’ आज विमोचन गरिएको छ ।
ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहारविरुद्धको अन्तर्राष्ट्रिय जनचेतना दिवस अर्थात् जुन १५ को अवसरमा आज काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममार्फत गीत विमोचन गरिएको हो ।

समाजकल्याण परिषद्अन्तर्गत राष्ट्रिय ज्येष्ठ नागरिक कोषले भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा आयोजना गरेको कार्यक्रममा समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्ट र कोषका सभापति बसन्तराज कार्कीले संयुक्त रुपमा गीत विमोचन गरेका हुन् ।

समाज कल्याण परिषद, राष्ट्रिय ज्येष्ठ नागरिक कोषले उत्पादन गरेको गीतमा चुडामणि देवकोटाको शब्द, विशिष्ट संगीतकार शक्तिबल्लभको सङ्गीत र स्वरूप राज आचार्यको स्वर रहेको छ ।