सरोज खनाल निर्देशित ‘बगान’ असार २९ मा रिलिज हुने

काठमाडौँ - अभिनयमा अब्बल क्षमता प्रस्तुत गर्ने अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ यही असार २९ गते रिलिज हुने भएको छ। रिलिज मितिसहित सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलाई राखिएको छ।

यो चलचित्रमा तीन पुस्ताका कलाकारहरुको एकसाथ अभिनय रहेको छ। नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री बसुन्धरा भुषालसहित नीर शाह, मिथिला शर्माको पनि यस चलचित्रमा अभिनय रहेको छ। चलचित्रको बिषयबारे प्रष्ट पार्दै निर्देशक तथा पटकथाकार खनालले नाटक मञ्चन गर्ने तयारी सन्दर्भमा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराएको कथासंग्रहबाट ‘बगान’ बनाएको बताए।