झापामा नक्कली सुन दिएर ६० हजार रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौँ । झापामा नक्कली सुन दिएर ६० हजार रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरी छन् ।

विर्तामोड नगरपालिका–५, शनिश्चरे रोडमा एक महिलालाई आफूसँग काँचो सुन छ, ६० हजारमा दिन्छु भनी फकाएका थिए । महिलाको साथबाट उक्त नगद लिई नक्कली सुनको टिल दिई ठगी गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले गिरीलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।