भोजपुरको हतुवागढीमा आगलागी, एकै घरका तीन बालबालिकाको मृत्यु  

काठमाडौँ । हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा आगलागीमा परी एकै परिवारका ३ बालबालिकाको ज्यान गएको छ।

आगलागीमा परि एक ैपरिवारका ७,६ र ३ बर्षका बालबालिकाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।

घटनाको थप जानकारी आउन बाँकी रहेको र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी निरीक्षक बिक्रम शाहको टोली घटनास्थल तर्फ गएको प्रहरी निरीक्षक राईले बताए ।