दशरथ रंगशालामा खेलकुद बाहेकका अन्य गतिविधिमा नगर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले दशरथ रगशालामा खेल बाहेकका अन्य गतिविधि नगर्न निर्देशन दिएको छ । 

शुक्रबार विज्ञप्ति जारी गर्दै रंगशाला सञ्चालन सम्बन्धि कार्यविधि जारी नहुँदासम्म रङ्गशालामा खेल बाहेकका अन्य गतिविधि गर्न रोक लगाउन परिषद्लाई निर्देशन दिएको हो ।

 रंगशालामा अन्य गतिविधि भएपछि मैदान खेल्न नमिल्ने बनेको हुदा नेपालले विश्वकप छनोट अन्तर्गतको होम म्याच बाहिर खेल्नुपर्ने अवस्था सिर्जना भएको थियो ।