टर्कीमा आप्रावासी चढेको डुंगा पल्टिदा १६ को मृत्यु

एजेन्सी ।  टर्कीको तटीय क्षेत्रमा डुंगा पल्टिँदा १६ जना आप्रावासीको मृत्यु भएको छ । आप्रवासीहरूले भरिएको उक्त डुङ्गा टर्कीको उत्तरी एजियन तटबाट गुज्रिरहेको बेला भएको हो।

टर्कीका कोस्ट गार्डले दुई जनालाई बचाउन भने सफल भएका छन् । यसबाहेक दुईजनाले आफै पौडी खेलेर ज्यान बचाउन सफल भएको टर्कीका सञ्चारमाध्यमले जनाएका छन ।

आप्रवासी बोकेको डुङ्गा रबरको बनेको अधिकारीहरूले बताएका छन्। यो डुङ्गामा कति यात्रु सवार थिए भन्ने कुराको हालसम्म पुष्टि भएको छैन । कोस्ट गार्डले घटनास्थलमा निरन्तर खोजी कार्य गरिरहेको छ ।

सरकारी एजेन्सी अनादोलुका अनुसार मृत्यु हुनेमा ४ बालबालिका पनि रहेका छन् । मृत्यु हुनेमा कुन देशका कति जनाको मृत्यु भएको छ ? यो जानकारी खुलाइएको छैन।