आगलागीबाट भएको धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त, सचेतना अपनाउन आम नागरिकमा आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विभिन्न क्षेत्रमा आगलागी हुँदा धनजनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सचेतना अपनाउन आम नागरिकमा अनुरोध पनि गरेका छन्।

उनले भनेका छन्, ‘भोजपुरलगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट धनजनको क्षति भएको घटनाले मर्माहत तुल्याएको छ। घटनाप्रति गहिरो दुख व्यक्त गर्दै आगलागीबाट हुनसक्ने सम्भावित जोखिमप्रति पूर्वसचेतता अपनाउन सम्पूर्ण जनसमुदायमा अनुरोध गर्दछु।’