नेपाल र यूएईको क्रिकेट हेर्न प्रधानमन्त्री प्रचण्ड मैदानमा

काठमाण्डाैँ - बिश्वकप क्रिकेट लिग २ अन्तरगत नेपाल र यूएईबीचको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिवी क्रिकेट मैदान कीर्तिपुर पुगेका छन् ।  खेलाडीको हौसला बढाउन प्रधानमन्त्री मैदानमा पुगेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डले मैदानमा पुगेर खेलाडीसँग हात मिलाएपछि भीआइपी कक्षमा बसेर खेल हेरिरहेका छन् । आजको खेल जितेमा नेपालले सिधै विश्वकपको क्वालिफायर खेल्नेछ ।