आगलगाीबाट मोरङको रंगेली स्थित सन्थाल बस्ती सखाप

काठमाडौँ । मोरङको रंगेली बाबुसाहेब टोलमा आगलागी हुँदा सन्थाल बस्ती सखाप भएको छ ।

शनिबार भएको आगलागीबाट रंगेली नगरपालिका–३ स्थित सन्थाल टोलका २२ घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रंगेलीले जानकारी दिएको छ ।

आगलागीबाट फुस, बाँसबाट निर्मित घर जलेर नष्ट भएको हो । बाक्लो बस्ती भएकाले आगो चाँडै फैलिएर क्षति भएको रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले जानकारी दिए ।

आगलागी नियन्त्रण गर्न विराटनर, रंगेली, बेलबारी र सुन्दरहरैँचाबाट वारुणयन्त्र परिचालन गरिएको थियो ।