सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो 

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । शुक्रबार आज ६ सय रुपैयाँले बढ्दै १ लाख १७ हजार एक सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले नै बढ्दै प्रतितोला १ लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४१० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।