दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या, हत्या गर्ने आफ्नै प्रहरी श्रीमान पक्राउ

काठमाडौँ । दाङमा गोली हानेर ड्युटीमा खटिएकी एक महिला प्रहरीको हत्या भएको छ। घोराहीको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको उनकै श्रीमानले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

घटना साँझ करिब साढे ७ बजे भएको हो। गोली हानेर भाग्दै गरेका यमबहादुर झाँक्रीलाई लमहीको अर्जुन खोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। झाँक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेको प्रहरीले बताएको छ।