दुईवटा संयुक्त समितिको सभापतिको चयन गरिदै

काठमाडौँ । संघीय संसद्को दुई संयुक्त समितिको बैठक आज बस्दै छ । बैठकले सभापति चयन गर्ने कार्यसूची छ । 

दुई संयुक्त समितिको सभापतिका लागि उमेदवारी दर्ता भइसकेको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा नेकपा (एमाले) का सांसद ठाकुर गैरेको उमेदवारी परेको छ । 

संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उमेदवारी परेको हो । दुवै समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।