शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालय पुगेर कार्यभार सम्हाल्दै शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने पहिलो प्राथमिकता हुने बताएका छन् ।

पौडेल सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालय आफ्नो कार्यभार सम्हाल्दै यस्तो बताएका हुन् । उनले उनले विगतमा जनताको आत्मविश्वास समेत टुटेको पाइएको बताए । अब भने निरासा चिर्ने र आशा जगाउने काम हुनेमा उनले प्रतिबद्धता जनाए ।

मन्त्री पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनका रूपमा बुझ्नुपर्ने समेत बताएका छन् । उनले अस्थिरताका कारण अर्थतन्त्रमा समस्या देखिएको बताउँदै भने, ‘अस्‍थिरताका कारण अर्थतन्त्रमा समस्या देखिएको थियो । नयाँ गठबन्धन आएपछि अब स्थिरता हुनेछ ।’