सुदूरपश्चिम प्रदेशमा सांसदलाई ५ करोड दिने सहमति

धनगढी - सुदूरपश्चिम प्रदेशमा सांसदको प्रत्यक्ष निगरानीमा कार्यान्वयन हुने सांसद विकास कोषको रकम बढाउने सहमति भएपछि बजेटमाथिको विरोध मत्थर हुने देखिएको छ । 

 

प्रदेशसभामा प्रस्तुत बजेटमा सत्ता पक्षबाटै तीव्र असन्तुष्टि चुलिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सांसद विकास कोषको बजेटलाई ३ करोडबाट ५ करोड पुर्याउने सहमति गरेका छन् । 

 

उक्त सहमति पछि बजेटमाथिको विरोध मत्थर हुने देखिएको हो ।