बबई नदिमा डुबेर दाजुभाईको मृत्यु

दाङ - बबई नदिमा पौडी खेल्ने क्रममा दुई दाजुभाईको मृत्यु भएको छ । बबई गाउँपालिका(७ ओदाले घाटमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको हिजो मंगलबार मृत्यु भएको हो ।

दुई दाजुभाई ओदालेमा रहेको फुपुको घरमा बुवा आमासङ्गै आएको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक अजयजङ्ग थापाका अनुसार १८ बर्षका दिपक परियारलाई उद्वार गरेर अस्पताल पठाएको र उनको उपचारका क्रममा तुलसीपुरमा मृत्यु भएको थियो। यस्तै १६ बर्षका दिपेश परियारको बबई नदिबाट शव निकालेको प्रहरी निरिक्षक थापाले जानकारी दिए ।

मृतकका परिवार कामको शिलशिलामा भारत बस्ने गरेको जनाइएको छ । शवको पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।