काभ्रेको पाँचखालमा जिउँदै जलाइएका व्यक्तिको पहिचान खुल्यो

काठमाडौँ- काभ्रेको पाँचखाल नगरपालिका–४ स्थित जिरो किलोमा केहि दिनअघि जिउँदै जलाइएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।

मृतक दोलखा भीमेश्वर नगरपालिका–६ चरिकोटका विष्णु प्रसाद सुवेदी भएको पुष्टि भएको हो । उनको दाँतबाट पहिचान भएको प्रहरीले जानकारी दिएको छ । उनले माथिल्लो भागमा ३ वटा र तल्लो भागमा ९ वटा दाँत हालेका थिए । 

उनको ललितपुरको महालक्ष्मी नगरपालिका स्थित टिकाथलीमा पनि घर छ । टिकाथलीबाट वैशाख २३ मा उहाँ दोलखाका लागि हिडेका थिए । जिरो किलोबाट त्यस दिन बिहान ११ बजेतिर टिकाथलीमा परिवारलाई फोन गरेर उनले –‘म साथीहरूसँग एउटा काममा छु, बेलुकासम्म आउन सक्छु ।’ भनेर खबर गरेका थियो । तर उनको शव भेटिएको हो ।

उहाँलाई रूखमा मुखमा तार बाँधेर जिउँदै आगो लगाएको पाइएको छ ।