क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

काठमाण्डौ - उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा बुधबार सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि  बुधबार सुनुवाइ हुने भएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो ।