दुई दिन रोकियो सगरमाथा आरोहण

काठमाडौँ - सर्वोच्च शिखर सगरमाथाको चौथो क्याम्पभन्दा माथि मौसम प्रतिकूल भएपछि दुई दिन आरोहण रोकिएको छ ।

पर्यटन विभागको फिल्ड कार्यालय, सगरमाथा बेसक्याम्पका अनुसार सगरमाथाको चौथो क्याम्पभन्दा माथिको मौसमी प्रतिकूलताका कारण मंगलबार कुनै पनि आरोहण दल शिखर पुग्न सकेनन् भने आज बुधबार पनि कुनै आरोहण हुने छैन ।