आठौंपटक मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बेलुकीसम्म मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । 

प्रधानमन्त्री कार्यालयका अनुसार गठबन्धनका दलबीच मन्त्रिपरिषद् विस्तार छिट्टै गर्न करिव सहमति भइसकेको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग अझै केहि सहमती हुन बाँक िरहेको पनि बताईएको छ । 

प्रचण्ड प्रधानमन्त्री भएदेखि यता मात्रै सातौँपटक मन्त्रिपरिषद् पुनर्गठन भइसकेको छ । गठबन्धनका दलबीच सरकार छाड्ने र भित्रिने क्रम निरन्तर रहेका कारण अझै पनि सरकारले पूर्णता पाउन सकेको छैन । अझै ६ मन्त्रालय रिक्त छन् ।