जव वर्षमान पुनकी आमालाई आफ्नै सुरक्षाकर्मीले गोली हाने...

काठमाडौँ - सुरक्षामा खटिएका ब्यक्तिले गोली चलाउदा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमा घाइते भएकी छिन् ।

हिजो साँझ नयाँ वर्षको अवसरमा घरमै खानपीन चलिरहेका बेला वर्षमानकी आमा तिर्थमालीमाथि पिओसोले गोली चलाएका हुन् । उनको अहिले ट्रमा सेण्टरमा उपचार भइरहेको छ। गोली प्रहार गर्ने नातामा नाति पर्ने प्रहरी सहायक हवलदार प्रकाश पुनमगर हुन् ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।