शेयर बजार आज पनि घट्यो, कारोवार रकम कति ? 

 काठमाण्डौँ - साताको दोस्रोे कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८३ प्रतिशत अर्थात १६.८२ अंकले घटेर २००६.२ विन्दुमा सीमित भएको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले घटेर ३५५.७८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको ७२ लाख १२ हजार ६६७ कित्ता सेयर २ अर्ब ७९ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतिएको छ । बैंकिङ समूह ०.८१ प्रतिशतले घटेको आज विकास बैंक ०.५५,वित्त १.६४,होटल १.१५,हाईड्रो ०.९६,लगानी ०.३०,जीवन बीमा ०.३३,उत्पादन तथा प्रशोधन १.५९,लघुवित्त ०.५०,म्युचुअल फण्ड ०.०६,निर्जीवन बीमा ०.४९,अन्य १.३८ र व्यापार समूह ०.३८ प्रतिशतले घटेका छन् ।