'रवि लामिछानेले चुनाव जित्दैनन्' :  महेश बस्नेत

काठमाडौँ - नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चुनाव नजित्ने दावी गरेका छन् । लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले चितवन २ का जनताले निर्वाचनमा हराउने नेता बस्नेतको जिकिर थियो ।

शनिबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको पनि बताए ।