'प्रवासी नेपालीहरुलाई आफैं बसेको देशबाट मताधिकारको व्यवस्था गछौं' : प्रधानमन्त्री दाहाल

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले प्रवासमा रहेका नेपालीहरुलाई आफैं बसेको देशबाट मताधिकार गर्न पाउने व्यवस्था गरिने बताएका छन् । 

नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसबाट प्रवासी नेपाली लाभान्वित हुने बताए ।