महामन्त्री थापा भन्छन्-'सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बेला भएको छ' 

काठमाण्डौँ -  सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् ।  

महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि पालिका तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन् । नेपाली कांग्रेस मकवानपुर–काठमाण्डौ सम्पर्क समितिले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देश संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे । 

महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे देश झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराउ । सरकारले राम्रो काम गर्दै गए ३र४ महिना भित्रै देश सम्हालिँदै जाने उनको भनाई थियो ।