सांसदलाई ओलीको भने, ‘पार्टीको अनुमतिबिना विदेश नजानु’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमतिबिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

सोमबार संसददीय दलको बैठकमा उनले पार्टीको अनुमतिबिना विदेश जाने काम नगर्न सांसदलाई सचेत गराएका हुन् ।

पार्टी संसदीय दलका नेता समेत रहेका ओलीले प्रमुख सचेतक र सचेतकलाई जानकारी गराएर मात्र सांसदहरू विभिन्न कार्यक्रममा जान सक्ने जानकारी गराए ।

“समितिका बैठकहरूमा हाम्रो भूमिका एफसेन्ट होइन, एफसेन्ट कारण चाहिन्छ । र, माननीयजीहरू कहाँ हुनुहुन्छ भन्ने कुरा प्रमुख सचेतक र सचेतकलाई स्पष्ट जानकारी हुनुपर्दछ,” उनले भने, “माननीयहरू कहाँ हुनुहुन्छ ? बिनाइजाजत विदेश जाने गरिएको छ भने त्यो बन्द गरिदिऊँ ।”

विगतमा सांसदहरू रातो पासपोर्टलगायत काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको दृष्टान्त उनले पेस गरे । त्यसो हुन नदिन पनि सांसदहरू दलको परामर्शमा मात्र विदेश जान उपयुक्त हुने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले सहकारीलगायत ठगीमा पनि सांसदहरू संलग्न रहेको उल्लेख गरे । त्यसमा नफस्नका निम्ति पार्टीका सांसदहरूले सावधानी अपनाउनुपर्ने उनले बताए ।