विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्या

काठमाडौँ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्सको शव फेला परेको छ।

विराटनगर महानगरपालिका-४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको शव डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। 

धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शौचालयमा फालेको अवस्थामा शव भेटिएको डीएसपी दबहालले बताए ।

दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ।

घटनास्थलमा डीएसपी दाहाल नेतृत्व टोलीले घटनाको अनुसन्धान सुरु गरेर हत्यामा संलग्नको खोजी थालिएको उनले बताए।