मुम्बाईबाट ८ जना  नेपाली बालकको उद्दार

काठमाडौँ । मुम्बईबाट ८ जना बालबालिकाको उद्दार गरिएको छ । बारा प्रहरीले  नेपालबाट विभिन्न मितिमा छिमेकी राष्ट्र भारतको मुम्बईमा गई मजदुरी गरेर बसेका बालबालिकाहरूलाई उद्दार गरेको हो ।

१३ देखि १७ बर्षभन्दा मुनिका रौतहट जिल्लाका ७ जना र कपिलवस्तु जिल्लाका १ जना गरी ८ जना नेपाली बालकहरूलाई बाल कल्याण समिति, बाल हेल्पलाइन लगायत सम्बन्धित विभिन्न संघ संस्थाहरु र जिल्ला प्रहरी कार्यालय बारा समेतको सहकार्यमा उद्दार गरिएको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

उद्दार गरिएका उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको न्यौपानेले बताए ।